शून्य छ र आयाम एक पनि त छ यहाँ !!!
धेरै ज्ञानी हुन्छ आयाम पुग्छ दश जहाँ !!!!
साह्रै ज्ञानी भन्छौं मान्छे अज्ञानी छौं किन ??
आयाम तीन भएकोले समस्या छ त्यहाँ !!!!!!
थ्रीडीवाला देह रै'छ मानव प्रजातिको !
तीनैतिरै चल्छ सर्वत्र चल्दैन त्यो तहाँ !!
सिर्जना र विग्रह जुन-जुन हुन् ती क्रिया !!!
सत्य-तथ्य के हुन् ती छुट्याउँ गई कहाँ ??
आजसम्म प्राप्त ज्ञान यी कति सत्य खोज !
असली त एक मात्रै हो दोर्जेदे'न्पा वहाँ !!!!!
१५ जेठ '७६
चाबहिल
स्पष्टिकरण :
दोर्जेदे'न्पा सम्बन्धी पहिलो प्रयास ! यहाँ उल्लेखित दोर्जेदे'न्पा चाहिँ अहिलेसम्मका धर्म, दर्शन साथै भगवान वा र्इश्वर/देउताहरू साथै यसअघि दोर्जेदेन्पा वा दोर्जेदेन्माको रूपमा उल्लेख गरिएकाहरू भन्दा अलग्गै हो । दोर्जेदे'न्पा मात्रै ग्रङ (असली) दोर्जे हो भन्ने दाबी रहेको छ । दोर्जेदे'न्पा नै आदिरूप हो । दोर्जेदे'न्पालार्इ नबुझिकन सृष्टि र सिर्जनालार्इ सही अर्थमा बुझ्न सकिन्न । यही बुझाइका साथ रचित यो रचनामाथि यहाँका विषयगत सल्लाह सुझाब राख्न सक्नु हुनेछ । यो रचनामार्फत् कोही, कसैलार्इ साथै धर्म दर्शनमाथि प्रहार गर्ने गराउने मनसाय राखिएको छैन । यसमाथि आगमी दिनमा अझै बहस तथा छलफल गर्न सकिनेछ । रचनामा दोर्जेदे'न्पालार्इ बुझाउनका लागि आयाम (Dimension)को केही तथ्यका सहयोग लिइएको छ । विषयगत सूचना तथा लेखहरू ल्याइनेछ । थुजेछे !!!